SANJIV ALLO ENGINEERING (संजीव अल्लो इंजीनियरिंग), ललितपुर, नेपाल - स्थापित: २०७३

अल्लो प्रशोधन मेसिनरी


पारम्परिक अल्लो प्रसोधन प्रकृया निकैनै जटिल रहेको उद्यमीहरुको गुनासो हुनेगर्द्छ । पछील्लो समयमा अल्लो प्रशोधनका विभिध चरणका कामहरूमा टेवा पुर्याउन नेपालमै धेरै थरिको मेसिनहरु विकाश गरिएका छन । यी मेसिनहरूले डााँठबाट बोक्रा उक्काउने, उक्त बोक्रालाई पकाउने, पकाइएको बोक्रालाई पिट्ने, पिटिएको भुवा नरम पार्नेे, भुवामा परेका गाठा खोलेर रेसाको रुप दिने, भुवा कातेर धागो बनाउने, र त्यसबाट बनेको कपडा पेल्ने काममा टेवा पुर्याउछन् ।

अल्लो प्रशोधन गनन प्रयोग गररने मेसिनहरु

कूककङ मेसिन

मेसिन प्रयोजनको प्रकृया ः

क. पहिला दिइएको होस पाइप मार्फत प्रशस्त पानी वा ज्भबत त्चबलकाभच इष् िहाल्ने

ख. त्यसपछि मेसिनमा रहेको भाँडामा खरानी पानी वा काउस्टीक सोडा मिसाएकोे पानी अंकित चिन्हसम्म राख्ने

ग. अल्लोको मुठा जालीदार भाँडामा राखेर त्यस भाँडालाई मेसिनमा लोड गर्ने

घ. बजुलीको स्विच अन् गरेपछि प्यानल बोर्डमा बत्ति बल्छ

प्रविधिक विशिष्टिकरण

क. छ प्ष्यिधबतत सिङ्ल फेज बिजुलिबाट अल्लोको बोक्रा पकाइने

ख. तापक्रम नयन्त्रन गर्न मिल्ने

ग. क्क् घण्द्ध स्टीलको सजिलै झिक्नरराख्न मिल्ने भाडा भएको

विशेषताहरुः

- दुइ तह भित्र ज्भबतष्लन भ्झिभलत ले भाँडा तताउने बिर्को सहितको भाँडा

- १०० देखी ५०० लिटर पानीमा उसिन्ने क्षमता भएको

- सजिलै अल्लो निकाल्न र राख्न मिल्ने

ङ. त्यसपछि बिर्कोले मेसिनलाई ढाकेर अल्लो पाक्नलाइ समय दिने

रोलिङ्ग मेसिन

प्रविधिक विशिष्टिकरण

क २२० भोल्ट , १ एच.पी. इन्डक्सन मोटर

ख. गिएर बक्स १स्३०, १ एच.पी. , ४५ च्एः

विशेषताहरु

 -सुख्खा डाँठबाट बोक्रा छुट्याउन अतिनै उपयोगी हुने

 -डाँठको मोटाइ अनुसार दाँते रोलरबिचको दुरी फेर्न मिल्ने

 -पिटिएको भुवाबाट ीष्नलष्ल का गिर्खा छुट्याउन टेवा पुर्याउने

- मर्मत गर्न निकै सजिलो रहने

मेसिन प्रयोजनको प्रक्रियाः

क.डाँठ अनुसार दाँते रोलरबिचको दुरी मिलाउनु पहिलो कार्य हो ।

ख. गियर र चेनको अवश्था निरिक्षण गर्ने

ग.मोटरको स्वीच अन गर्ने

घ. मेसिनबाट सुरक्षित दुरीमा बसेर डाँठ वा काँचो भुवालाइ दाँते रोलर मार्फत दिने

ङ. थोरै समयमा पकाइएको बोक्रालाइ पनि पिट्नु अघि वा पछि रोलरमा दिँदा प्रशोधन प्रकृया सरल हुन्छ।

बिटिङ्ग मेसिन

मेसिन प्रयोजनका प्रकृया ः

 -मेसिन अन गरि काठको तखता बाहिर निकालि पकाइएको बोक्रा तखतामा राख्ने ( तखताको पुर्ण लम्बाइ उपयोग हुने गरि)

 -मेसिनको स्वीच मोटर उल्टो दिशामा घुम्ने गरि बटार्ने

 -तखता मेसिनको अर्को छेउ तर्फ पुग्न खोज्दा स्वीच अफ गर्ने

 -पिटिएको बोक्रालाइ जाँच्ने, कतै बोक्राको घनत्व बढि भए समान हिसाबमा फैलाउने

 -सन्तोषजनक परिणाम नआउन्जेल माथिका २, ३, ४ का निर्देशन अपनाइ बोक्रा वा भुवा पिट्ने

 -मकैको पिठो, कमेरो माटोमा भिजाएर सुकाएको रेसालाइ पनि माथि भनेकोजस्तै पिट्न सकिने छ

 -पिटिएको बोक्रालाइ रोलर मार्फत पेलेमा पिट्ने समय कम हुने

प्राविधिक विशिष्टिकरण

क मोटर ः २२० भोल्ट्, १ एच.पी. इन्डक्सन मोटर

ख. गियर बक्स ः१ ः३०,१ एच.पी.

विशेषताहरु ः

 -अतिनै कम मानव श्रम

 -अल्लोका बोक्रा पिटिने

-पकाइएको बोक्रा राख्ने तखता हिँड्ने भएकाले बोक्राको पुर्ण लम्बाइ पिटिने

-काठे तखता, मुंग्रा लगायतका अन्य पाटपुर्जा ग्रामिण अनुरक्षणका हिसाबले सहजै पाइने

ह्याकल मेसिन

मेसिन प्रयोजनको प्रकृया ः

 -भुवा मेसिनमा रोलर मार्फत राखेपछि मेसिनको ह्याण्डल समातेर मेसिन स्वीच अन गर्नुपर्ने

 -मेसिनमा बिस्तारै रोलरको ह्याण्डल घुमाएर भुवा दिने

 -भुवाको पुर्ण लम्बाइ काइयोमा गएपछि मेसिन बन्द गर्ने

-कैँचि वा ब्लेडले भुवा काटेर निकाल्ने

 -आवश्यक्ता अनुसार माथिका निर्देशन अनुसार पुन ः भुवा कोर्ने

चर्खा

प्राविधिक विशिष्टिकरण

क मोटर २२० भोल्ट् , ०.५ एच.पी. इन्डक्सन मोटर

ख. रडक्सन ः १४ ः१

विशेषताहरु ः

 -काँचो भुवाबाट गिर्खा र लट्टा खोल्न एकदमै उपयोगी

- भुवालाइ रेसा रेसामा छुट्रयाएर कात्न योग्य रेसा निकाल्ने

- ग्रामिण मर्मतका हिसाबले अत्यन्त सजिलो

प्रविधिक विशिष्टिकरण

क मोटर ः ०.५ एच.पी., २२० भोल्ट्

ख रिडक्सन ः ९ः३, ९ः४

विशेषताहरु

 -धागो कात्ने गति २ वटा रहेको

 -धागोको साइज छानेर कात्न सक्ने

 -धागो कातिने गति मानव नियन्त्रणमा रहेको

 -बबिन स्थानिय बजारमा उपलब्ध सामानबाट आफँै बनाउन सकिने

 -भि.एफ.डि मार्फत मोटरको स्पिड फेर्न मिल्ने

मेसिन प्रयोजनको प्रकृया ः

- धागोको साइज छानेर रेसा छानिएको दुलोबाट छिराइ स्पिन्डलको बबिनमा गाँस्ने

- खुट्टाले ब्रेक दाबेर मेसिन स्वीच अन गर्ने

- बिस्तारै ब्रेक छाडेर धागो कात्ने गति बढाउने

- हात बसिसकेपछि मोटर रहेको ठुलो पुल्लिमा बेल्ट साटेर धागो कात्ने गति बढाउन सकिनेछ

-  बबिन भरिएपछि स्पिन्डलबाट बबिन निकालेर नयाँ बबिन हाल्ने



Contact Us

Address

Pulchowk, Lalitpur

Phone Number

+977 9801848000

info@mantrainc.com.np +977 9801848000